उपसभामुख राना रूसी महासङ्घ प्रस्थान
काठमाडाैं | असोज १, २०८१
काठमाडौं: उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गर्नुभएको छ ।
त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्नुहुनेछ ।
रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उहाँले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ ।
उहाँ असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

